काठमाडौं,
कार्तिक २८ ।
ओम सुनार र मेलिना राईको स्वरमा ‘तिमीलाई माया गरौँ भन्छ यो मन…’ बोलको गीत सार्वजनिक भएको छ । ओम सुनारकै शब्द तथा सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
भिडियोमा महेश खड्का, शारदा आर एल शाह, अमृत शाही ठकुरी र पुष्पा चन्दको अभिनय रहेको छ । शारदा आर एल शाहको निर्देशन रहेको भिडियोमा पबन गौतमको छायांकन र सुबास देवकोटाले सम्पादन रहेको छ ।






