जीवनराज दाहाल
महोत्तरी,
कार्तिक २३ ।
बर्दिवासमा सीमा अतिक्रमण बिरुद्ध सिर्जनात्मक कार्यक्रम सम्पन्न भएको छ । बर्दिवास साहित्यिक सांस्कृतिक प्रतिष्ठान, युवा अभियान नेपाल, प्रलेस महोत्तरी र लोक दोहोरी प्रतिष्ठानको संयुक्त आयोजनामा भारतीय सीमा अतिक्रमण बिरुद्ध सिर्जनात्मक कार्यक्रम बर्दिवासमा सम्पन्न भएको हो ।
कार्यक्रममा सीमा अतिक्रमण विरुद्ध नारा जुलुस र कविता वाचन भएको थियो । स्थानीय युवा, महिला, व्यवसायी , बुद्धिजीवी, कवि, कलाकार तथा पत्रकारको सहभागिता रहेको सो कार्यक्रममा सर्जक र वक्ताहरुले सीमा अतिक्रमण र हेपाहा प्रवृत्ति भारतले नरोके बर्दिवासबाट कडा आन्दोलन गर्ने उद्घोष गरेका थिए ।
कार्यक्रमको सञ्चालन बर्दिवास साहित्यिक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष इन्द्र लामा पार्थ सारथिले गरेका थिए भने प्रलेस महोत्तरीका अध्यक्ष जीवनस्पर्शी, युवा अभियान नेपालका बिष्णु बम्जन, लोक दोहोरी प्रतिष्ठानका कृष्ण गौतमले मन्तव्य राखेका थिए ।






