स्पष्टीकरण सोध्न साझा पार्टीको सरकारसँग माग

काठमाडौं,
कार्तिक २० ।

५७ वर्षदेखि अतिक्रमित नेपाली भूमि कालापानी र लिपुलेकलाई भारतले आफ्नो नक्सामा राखेकोमा देशव्यापी विरोध सुरु भएको छ । विभिन्न राजनीतिक दलले आपत्ति प्रकट गरिरहँदा पनि नेपाल सरकारले भने कुनै औपचारिक प्रतिक्रिया जनाइसकेको छैन ।

यसैक्रममा अन्तर्राष्ट्रिय कानुनविपरीत भारत सरकारले नेपाली भूमिलाई आफ्नो नक्सामा राखेकाले स्पष्टीकरण सोध्न साझा पार्टीले सरकारसँग माग गरेको छ ।

‘हामी नेपाल सरकारलाई भारतले हालै जारी गरेको नयाँ नक्साको बारेमा कडा आपत्ति जनाउँदै स्पष्टीकरण माग्न, कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूभाग रहेको स्पष्ट पार्न र जारी नक्सा सच्याउन माग गर्न जोडदार आग्रह गर्दछौं,’ साझा पार्टी प्रवक्ता डा. सूर्यराज आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार