अर्घाखाँचीको नगरपानीमा कार दुर्घटना हुँदै तीन जनाको मृत्यु

अर्घाखाँची,
कार्तिक २० ।

अर्घाखाँचीको नगरपानीमा कार दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । रुपन्देहीको मुर्गियाबाट सन्धिखर्क जाँदै गरेको बा १७ च ६९१७ नम्बरको कार सडक बाट तल खस्दा २ जनाको घटना स्थलमै र १ जनाको उद्धारको क्रममा मृत्यु भएको घटना स्थलबाट अर्घाखाँची प्रहरीले जनाएको छ ।

दुर्घटना हुँदा पाणिनी गाउँपालिका ८ घर भइ रुपन्देहीको सैनामैनामा बस्दै आएका ८० वर्षीय दुर्गादेवी खड्का र उनका दुई छोरा ३९ वर्षीया तीबलहादुर तथा भक्तबहादुरको ज्यान गएको अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी प्रकाश विष्टले जानकारी दिए ।

यस्तै घाइते गंगाबहादुर खड्का र बिनोद खड्कालाई उपचारका लागि बुटवल पठाइएको छ । कार सडकदेखि करीब सय मिटर तल खसेको छ ।

यसमा तपाइको मत

अन्य समाचार