काठमाडौं,
कार्तिक १९ ।
गायिका इन्दिरा रजक तिवारीले मनोरोगीसँग आफ्नो जन्मदिन मनाएकी छन् । ललितपुर कुसुन्तीमा रहेको नेपाल स्नेही काखमा रहेका मनोरोगीसँग उनले मंगलबार आफ्नो जन्मदिन मनाएकी हुन् ।
स्नेही काखमा ४२ जना मनोरोगी र बालबालिका रहेका छन् । तिवारीले जन्मदिनमा स्नेही काखमा २० वटा ज्याकेट र दश हजार रुपैयाँ सहयोग गरिन ।
विभिन्न सामाजिक कार्य पनि गर्दै आएकी गायिका इन्दिरा रजक तिवारीको केही समय अघि नयाँ गीत सार्वजनिक भएको थियो ।

नेपाल स्नेही काखले मानसिक सन्तुलन राम्रो नभएका सडकमा भेटिएका व्यक्तिहरुलाई लगेर स्यार सुसार तथा संरक्षण गर्दै आएको छ । ९ बर्षदेखी सञ्चालनमा आएको नेपाल स्नेही काखमा अहिले ४२ जना महिला र बालबालिका आश्रित छन् । सबैको स्यार शुसार र औषधी उपचार संस्थाले गर्दै आएको छ ।
आफ्नै पहल र विभिन्न व्यक्तित्वहरुको सहयोग आफूले सडकबाट मनोरोगीहरुलाई ल्याएर संरक्षण र औषधोउपचार गर्दै आएको संस्थाकी अध्यक्ष श्रीनेहा पोखरेलले बताइन । श्री नेहा मोडल तथा कलाकार हुन, उनि पछिल्लो समय सडकमा भएका मनोरोगीहरुको उदारमा लागेकी छन् ।
मिलापको तर्फबाट गायिका इन्दिरा रजक तिवारीलाई जन्मदिनको धेरै धेरै शुभकामना ।






