काठमाडौं,
कार्तिक १९ ।
भुसाल सम्पर्क समाज नेपालको नवौँ साधारण मंसिर १४मा हुँने भएको छ । विभिन्न पेशा र अध्ययनका सिलसिलामा राजधानीमा बसोबास गर्ने धनञ्जय गोत्रीय भुसालबन्धुहरूको संस्था भुसाल सम्पर्क समाज नेपालको नवौँ साधारण सभा आउँदो मंसिर १४ गते बल्खुस्थित ॐ भुवनेश्वरी मन्दिर प्राङ्गणमा हुने भएको हो ।
साधारणसभाको अवसरमा पारी समाजले विभिन्न क्षेत्रमा क्रियाशील भुसाल बन्धुहरू जेष्ठ नागरिक ८० वर्षमाथि, सरकारी संघसंस्थाको सेवामा सहसचिव वा सो सरहको पद र सो भन्दा माथिको पदमा कार्यरत कर्मचारी, विद्यावारिधी प्राप्त व्यक्ति, राजनीति, न्याय तथा कानून, सूचना सञ्चार, शिक्षा, कला, संस्कृति, खेलकुद क्षेत्रमा उल्लेख्य योगदान दिएका व्यक्ति, एसईईमा ए प्लस प्राप्त गर्ने विद्यार्थी, स्वर्णपदक एवम् नेपाल सरकारबाट अन्य विभिन्न पदक प्राप्त व्यक्ति एवम् संस्थालाई पच्चिस हजार भन्दा बढी सहयोग गर्ने व्यक्तिलाई समेत सम्मान गर्न लागेको भुसाल सम्पर्क समाज नेपालका सचिव झविन्द्र भुसालले जानकारी गराए ।
समाजले सोको निम्ति सम्मानको लागि उपर्युक्त व्यक्तिहरूले आफ्नो नामावली समाजलाई उपलब्ध गराउन अनुरोध गरेको छ । साथै, सम्पर्क समाजको पहलमा वंशावलीको काम भइरहेको हुँदा वंशावलीमा नजोडिनुभएका भुसाल बन्धुहरुलाई ९८४१२४९५७१, ९८५१०२६५३६, ९८५१०७२२२६, ९८४१३७६९६०नम्बरमा सम्पर्क गर्न भुसाल सम्पर्क समाज नेपालका अध्यक्ष प्रकाशमणि शर्मा भुसालले अनुरोध गरेका छन् ।
भुसाल बन्धुहरुलाई गोलबन्द गर्ने उद्देश्यका साथ वि.सं. २०५४ सालमा स्थापित यस सस्थाले वंशाबली तयार गर्ने, रक्तदान, स्वास्थ्य शिविर, पर्वविशेषका विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । संस्थाका संस्थापक अध्यक्ष पूर्वसचिव युवराज भुसाल हुन् ।






