काठमाडौं,
कार्तिक १९ ।
सातै प्रदेशमा नियुक्त भएका प्रदेश प्रमुखहरुले आज सपथ लिने कार्यक्रम छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ गराएपछि उनीहरुले प्रदेश प्रमुखको जिम्मेवारी सम्हाल्नेछन् ।
सरकारको सिफारिशमा राष्ट्रपति भण्डारीले सोमबार नयाँ प्रदेश प्रमुखहरु नियुक्त गरेकी हुन् । प्रदेश १ मा सोमनाथ अधिकारी ‘प्यासी’, प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा विष्णु प्रसाईं, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्द कलौनी र सुदूरपश्चिम प्रदेशमा शर्मिलाकुमारी पन्त नियुक्त भएका छन् ।






