खानाका पारखीका लागि उत्कृष्ट गन्तब्य बन्दै ‘गुगल फुडल्याण्ड’

बुटवल,
कार्तिक १९ ।

बुटवलको मिलन चोकमा खुलेको ‘गुगल फुडल्याण्ड’ खानाको पारखीहरुको लागि एक उत्कृष्ट गन्तब्य बनेको छ । ब्यस्त औधोगिक शहर बुटवलको मिलन चोकमा अत्याधुनिक प्रबिधिको तथा गुणस्तरीय सेवा सुबिधाले सु-सम्पन्न भएको रेस्टुरेन्ट सञ्चालनमा आएको हो । ‘गुगल फुडल्याण्ड’ स्वेदेशी तथा विदेशी खानाका पारखीहरुलाई ध्यानमा राखेर पूर्ण पारिवारिक वातावरणमा रेष्टुरेन्ट सञ्चालनमा ल्याईएको छ ।

‘अहिले अन्य सञ्चालनमा रहेका रेष्टुरेण्टभन्दा केही फरक शैलीको अनुभव सेवाग्राहीले बटुल्न सकुन् भन्ने उद्देश्यले नयाँ शैलीको रेष्टुरेण्को सुरुवात गरेका हौं’ गुगल फुडल्याण्डका सञ्चालक राजु बन्जाडे भन्छन् – ‘रेष्टुरेन्टमा फरक फरक स्वादका खानाका मेनुहरु रहेका छन् ग्राहकहरुको स्वादलाइ ध्यानमा राखेर उनीहरुको मागलाइ उच्च प्राथमिकता दिएर सेवा सुबिधा प्रदान गरेका छौ ।’

यसमा तपाइको मत

अन्य समाचार