मिस्टर एण्ड मिस स्टार चितवनको उपाधि भावना र श्रवणलाई

चितवन,
कार्तिक १९ ।

क्रियटिभ ईन्साईट मिडियाको प्रस्तुतिमा चितवनमा सम्पन्न भएको मिस्टर एण्ड मिस स्टार चितवन-२०१९को उपाधि भावना पाण्डे र श्रवण श्रेष्ठले चुम्न सफल भएका छन् । प्रतियोगितामा युवतीतर्फ रुपा केसी फष्र्ट रनरअप, नविना अधिकारी सेकेन्ड रनरअप र पुरुषतर्फ मनोज तामाङ फष्र्ट रनरअप, किरण दनुवार सेकेन्ड रनरअप भएका छन् ।

भरतपुरको पानोरोमा गार्डेन रिर्सोटमा शनिबार भएको ग्राण्ड फिनालेमा विजेताहरुले तीस हजार नगदसहित अन्य गिफ्ट ह्याम्पर समेत प्राप्त गरेका थिए । उपाधि विजेताहरुले म्युजिक भिडियोमा अभिनयको अवसर पाउने प्रतियोगिताकी अध्यक्ष सरिता आचार्यले जानकारी दिइन् । क्रियटिभ इन्साइट मिडिया प्रालिले एक महिना अघि प्रतियोगिता सुरु गरेको थियो ।

प्रतियोगिता अवधिभर उत्कृष्ट कला, कौशल प्रदान गर्ने १० जनाले ग्राण्ड फिनालेमा प्रवेश पाएको इभेन्ट म्यानेजर विकास सापकोटाले बताए । प्रतियोगितामा अर्गनाइजर च्वाइस, पब्लिक च्वाइस, वेष्ट ड्रेस, भरतपुरकी सविना गुरुङले जितेकी छिन् ।
प्रतियोगिताको निर्णायकहरु सञ्चारकर्मी/कलाकार/निर्देशक सूर्य चन्द, मोडल/नायिका अनिता गिरी, गायक विश्वराम कार्की रहेका थिए ।

मिस्टर एण्ड मिस स्टार चितवन-२०१९को प्रमुख अतिथिमा भरतपुर महानगरपालिका उपमेयर पार्वती शाह ठकुरी तथा विशिष्ठ अतिथि जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शालिकराम पौडेल, समाजसेवी तथा युवा ब्यबसायी राजु बन्जाडे रहेका थिए ।

उक्त प्रतियोगितालाइ कोरियोग्राफी अस्मिता नेपालीले गरेकी थिइन् भने कार्यक्रम सञ्चालन मोडल निर्देशक तथा भिजे प्रहिल कार्कीले गरेका थिए । कार्यक्रममा हास्यकलाकार तथा जादुगर नमराज पराजुलीको प्रस्तुति रहेको थियो ।

यसमा तपाइको मत

अन्य समाचार