एमसीसी विरुद्धको एक दिवसीय क्रिकेटमा नेपालको जित

काठमाडौं,
कार्तिक १९ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्व क्रिकेटको सबैभन्दा पुरानो इङ्गल्याण्डको क्लब मेरिलेबोन क्रिकेट क्लब एमसीसी विरुद्धको एक दिवसीय क्रिकेटमा शानदार जित निकालेको छ । ज्ञानेन्द्र मल्लले कप्तानी सम्हालेको पहिलो खेलमा नेपाल ५ विकेटले विजयी भयो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको खेलमा नेपालले दुई सय दुई रनको सामान्य चुनौती ३७ ओभर ३ बलमा ५ विकेट गुमाएर पूरा गरेको हो ।

यो खेलमा पूर्व कप्तान पारस खड्का र सन्दीप लामिछाने भने खेलेका थिएनन् । नेपालले एमसीसीसँग अब बुधबारदेखि सुरु हुने तीन दिवसीय खेल खेल्नेछ ।

अन्तिम खेल ट्वेन्टी ट्वेन्टीको हुनेछ । यसअघि आइतबार भएको एक दिवसीय खेलमा एमसीसीले नेपालको १९ वर्ष मुनिको राष्ट्रिय टिमलाई ३८ रनले हराएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार