‘बर्दिबास बिम्ब’को विमोचन

बर्दिबास,
कार्तिक ११ ।

बर्दिबास साहित्यिक-सांस्कृतिक प्रतिष्ठानले प्रकाशन गरेको पहिलो ‘बर्दिबास बिम्ब’ नामक पुस्तक विमोचन गरिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल, नगर प्रमुख विदुर कार्की, राष्ट्रियसभाको उपाध्यक्ष शशिकला दाहाल, नगर उपप्रमुख तथा प्रदेश सभा सदस्य शारदा थापालगायत देशका प्रतिष्ठित व्यक्तिहरुको हातबाट एकैसाथ उक्त पुस्तकको विमोचन गरिएको हो ।

बर्दिबासको नाम कसरी बर्दिबास रह्यो, बर्दिवासमा रहेको ऐतिहासिक सम्पदा, मुसहर बस्ती निर्माण, यहाँका धार्मिक स्थलहरु तथा विभिन्न लेख रचना जस्ता कुराहरु समेटिएको ‘बर्दिवास बिम्ब’ समाजिक, साँस्कृतिक, विचारप्रधान अनुसन्धानमूलक पुस्तक हो ।

बर्दिवास बिम्ब पुस्तक पढेपछी सम्पूर्ण बर्दिवासलाई बुझिन्छ भन्दै विश्वराज वाग्ले र भीम राउतले उक्त पुस्तकलाई विश्लेषण गरेका थिए। उक्त कार्यक्रममा नानीराम दाहाल ‘बन्चरो’, इन्द्रराज लामा, जीवनस्पर्शी, तोयाराज घिमिरे, रामचन्द्र पौडेल, यशोदा श्रेष्ठ, केदार गौतमले कविता वाचन गरेका थिए भने जीवनराज दाहाल र सोविका क्षेत्रीले हास्य दोहोरी कविता वाचन गरी सबैलाई हँसाएका थिए । उक्त कार्यक्रमलाई लक्ष्मण निरौलाले सञ्चालन गरेका थिए ।

यसमा तपाइको मत

अन्य समाचार