काठमाडौं,
कार्तिक ११ ।
नेपालको पर्यटन क्षेत्रलाई विश्वसामु चिनाउँदै आएकी पर्यटन सद्भावना दुत तथा मिसेस नेपाल टुरिजम २०१९ विजेता छिरिङ डोल्मा शेर्पा ‘दोलखा श्यामा शेर्पा समाज अमेरिका’ द्वारा सम्मानित भएकी छिन । दोलखा जिल्ला घर भई हाल अमेरिकामा बसोबास गर्दै आएका शेर्पा समुदायहरुको उक्त सस्था मार्फत पर्यटन प्रबद्धनमा महत्वपुर्ण योगदान पुर्याई समस्त शेर्पा समुदायको गरिमालाई उच्च बनाएकोमा उनलाई सम्मान गरिएको थियो ।
‘दोलखा श्यामा शेर्पा समाज अमेरिका’ का अध्यक्ष पासाङ लामा शेर्पाको सभापतित्वमा भएको उक्त अन्तरक्रिया तथा सम्मान कार्यक्रममा प्रमुख अतिथिमा महाबाणिज्य दूत पुष्पराज भट्टराई, बिशेष अतिथिमा सिटी काउन्सिल अफ न्युयोर्ककि कोस्टा कस्टाण्डिएसलगायतका बिशिष्ट व्यक्तित्वहरु, पर्वतारोहीहरु, ‘दोलखा श्यामा शेर्पा समाज अमेरिका’का पदाधिकारीहरुलगायतका महानुभाबहरुको उपस्थिति रहेको थियो ।
हिमालय याक रेस्टुरेण्ट ज्याक्सन हाइट न्युयोर्कमा सम्पन्न भएको उक्त अन्तरक्रिया तथा सम्मान कार्यक्रममा नेपालमा पर्यटन क्षेत्रको अबसर र चुनौतीहरुको बारेमा छलफल गरिएको थियो भने भ्रमण बर्ष-२०२० मा सरकारको लक्ष्य अनुरुप पर्यटकहरुलाई नेपाल भित्र्याउन कसरी सम्पूर्ण नेपालीहरुले भूमिका निर्बाह गर्ने भन्ने बारेमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो । उक्त अबसरमा ‘दोलखा श्यामा शेर्पा समाज अमेरिका’ का अध्यक्ष पासाङ लामा शेर्पा र प्रमुख अतिथि महाबाणिज्यदुत पुष्पराज भट्टराईले पर्यटन सद्भावाना दूत छिरीङ डोल्मा शेर्पालाइ सम्मानित गरेका थिए ।
उक्त अबसरमा पर्यटकहरुसँग हिमाल आरोहणमा जाने तथा पद यात्रामा जाने अति गरिबीको रेखामा भएका दाजुभाइहरु अल्पआयुमा दुर्घटनामा परि मृत्यु हुने गरेको र उनीहरुको परिवार शिक्षा समेत बाट समेत बन्चित भएका परिवारहरु पर्यटन गाइडदेखि भरियाहरुको लागि समेत भनेर उनले कोष खडा गरि उनीहरुको परिवारलाई शिक्षा प्रदान गर्ने अभियान सञ्चालन गर्ने कुरा घोषणा गरेकी थिइन् ।
हिमाल आरोहणदेखि पदयात्रामा जाँदा दुर्घटनामा परि असामहिक निधन भएका गरिब परिवारहरु शिक्षा बाट बन्चित नहुन भनेर एउटा कोष खडा गरि कम्तिमा बर्षमा २ जनालाई निःशुल्क शिक्षा प्रदान गर्ने उद्देश्य लिएर अगाडी बढेकी शेर्पाले अमेरिकालगायत सम्पूर्ण देश बिदेशमा बस्ने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु, विभिन्न संघ सस्थाहरुलाई आर्थिक सहयोगदेखि भौतिक सहयोगसम्मको लागि आव्हान गरेकी थिइन् ।
भर्खरै मात्र अर्को सस्था सिन्धु–युएसए वेलफेयर सोसाईटी इन्क द्वारा सस्थाका अध्यक्ष छिरीङ तेञ्जिङ शेर्पाले छिरीङ डोल्मा शेर्पालाइ अमेरिकामा रहेको मुस्ताङ थकाली रेस्टुरेन्टमा एक कार्यक्रमको आयोजना गरि सम्मान तथा बधाई कार्यक्रम सम्पन्न गरेको थियो ।
भिजिट नेपाल २०२० लाई सफल बनाउने हेतुले नेपाल पर्यटन बोर्डले शेर्पालाई सद्भावनादुतमा नियुक्त भएसँगै शेर्पा अमेरिका प्रस्थान गरेकी थिइन् । नेपालमा हुने दर्जनौ सौन्दर्य प्रतियोगिताहरुमा निर्णायकको भूमिका गरेर फरक पहिचान बनाएकी शेर्पा सामाजिक कार्यमा समेत अग्रणी भुमिका निर्वाह गर्दै आएकी छिन ।
मिसेस नेपाल टुरिजम २०१९ को ताज पहिरिएपछि नेपालको पर्यटन प्रबद्धनको क्षेत्रमा क्रियाशिल शेर्पा सद्भावनादुत नियुक्त भए लगत्तै प्रचारप्रसारका लागि अमेरिका अमेरिकामा छिन । उनले अमेरिकामा रहँदा नेपालको पर्यटनका बारेमा विभिन्न शहरहरुमा प्रचारप्रसार तथा अन्तरक्रिया कार्यक्रम गर्दै आएकी छिन भने अमेरिकामा रहेका विभिन्न संघ सस्थाहरुले उनलाई उच्च सम्मान समेत प्रदान गर्दै आएका छन् ।






