मिलले ऊखुको भुुक्तानी नदिदा किसानहरु मर्कामा

प्रमोद सहनी,
रौतहट,
कार्तिक ९ ।

रौतहटको गरुडा नगरपालिका महम्मदपुर वडा नं. ४ अवस्थित श्रीराम सुगर मिल् लिमिटेड वि. स. २०५१ सालमा स्थापना भएको हो । त्यतिखेर मिल मालिकले किसानहरूलाई उत्साहित खुसी बनाउन सफल भएका थिए । तर, अहिले धेरै ऊखु किसानहरु मर्का परेको छन ।

गरुडास्थित श्रीराम शुुगर मिलले लोकपर्व दीपावली र छठको अवसरमा पनि ऊखु बापतको भुुक्तानी दिएको छैन । किसानलाई आश्वासन मात्र दिने उद्योगीले बिभिन्न बहानामा भुुक्तानी नदिएका कारण किसानहरु आक्रोसित बनेका हुन ।

उद्योगपति गोल्छा र ललित अग्रवाल बर्ष बित्न लाग्दासम्म करिब २२ करोड रुपैयाँको भुुक्तानी दिन न सकेको ऊखुु उत्पादक किसान सङ्घले बताएको छ ।

आव २०७२/०७३ को ऊखु बापतको एक करोड, २०७१/०७२ को तीन करोड र त्यसअघिको १८ करोड गरी कुल २२ करोड रुपैयाँ मिलले तिर्नुुपर्ने रहेको सङ्घले बताएको छ ।

उद्योगी श्रीराम शुुगर मिलका महाप्रबन्धक गणेश पाण्डेले रकम आउना साथ भुुक्तानी सुुरु गर्ने जानकारी दिए । पछिल्लो एकदशक देखि उद्योगपति मिल प्रशासनको लापरवाहीले ऊखुखेती गर्ने हजारौं किसान समस्यामा परेका छन ।

किशानहरुले छठ पछी आन्दोलनमा जाने चेतावनी दिएका छन् । यदि आन्दोलनमा केही भयो भने मिल मालिक तथा सम्बन्धित निकायले नै बेहोर्ने उखु उत्पादन सङ्घका कोषध्यक्ष मनोज सहनीले चेतावनी दिएका छन् ।

त्यस्तै श्री राम सुगर मिलको फोहर पानीले गर्दा गरुडा वडा नं. २ गेडही गुठ्ठीको बासिन्दाहरुको मुटु रोग, पथरी हुने , मलेरिया, आँखाको समस्या, धेरै किसिमका रोग लाग्ने तथा चाँदी खोलामा पानी छोडेकोले खोलाको पानि फोहर भएर स्थानीयहरुले उक्त खोलामा गाईबस्तु लाई नुहाउने तथा अन्य कामकाज गर्न बाट बन्चित भएका छन् । रोगलागेको बारेमा बिभिन्न स्वास्थ्य संस्थाहरुबाट उखु उत्पादन सङ्घले प्रमाणहरु एकठा गरी रहेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार