काठमाडौं,
कार्तिक ८ ।
शिशिर योगीको स्वरमा बुबा प्रति समर्पित गीत सार्वजनिक भएको छ । कवि अर्जुन पराजुलीको शब्द, शिशिर योगीकै सङ्गीत, बीबी अनुरागीको एरेञ्ज रहेको गीत ‘आमा आमा भन्छन सबै बा तिमीलाई देख्दैन कोही….’को भिडियो सार्वजनिक भएको हो ।
https://youtu.be/koNNoD9Cj00
राजेन्द्र पाण्डेको निर्देशन र छायाँकन रहेको गीतको भिडियोमा गोपालदेव घतानी, धर्म गन्र्धव, भुवन गन्र्धव, अर्जुन र शिशिरलाई फिचरिङ गरिएको छ ।
श्याम स्वेत रसाइलीको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो वेष्ट टोन म्युजिक बाट सार्वजनिक गरिएको हो ।






