चितवन,
कार्तिक ८ ।
मिष्टर एण्ड मिस स्टार चितवन-२०१९का प्रतियोगिले आफूमा रहेका प्रतिभा देखाएका छन् । उनीहरुले प्रतियोगिताको ट्यालेन्ट राउण्डमा आ-आफ्ना प्रतिभा प्रस्तुत गरेका हुन् ।
ट्यालेन्ट राउण्डमा प्रतियोगीहरुले आफ्नो-आफ्नो कला, क्षमता प्रदर्शन गरेका थिए । भरतपुर चितवनमा नै पहिलो पटक युवा तथा युवतीहरुको लागि क्रियटिभ इन्साइट मिडिया प्रालिले मिष्टर एण्ड मिस स्टार चितवन २०१९ प्रतियोगिताको आयोजना गरेको हो । उक्त प्रतियोगितामा सबिना गुरुङ, रुपा केसी, सीमा महतो, बेनिशा छेत्री, नविना अधिकारी, श्रवन श्रेष्ठ, सनम कंडेल, भावना पाण्डे, मनोज तामाङ, किरण दनुवारले प्रतिस्प्रधा गरिरहेका छन् ।
होटल बन्दीपुरमा सम्पन्न भएको उक्त ट्यालेन्ट राउण्ड प्रतियोगितामा बिकाश सापकोटा, कमल बराल, अस्मिता नेपालीले निर्णायकको भूमिका निर्बाह गरेका थिए ।
प्रतियोगिताको ग्राण्ड फिनाले यहि आउदो कार्तिक १६ गते शनिबार हुने आयोजक सस्थाकी अध्यक्ष सरिता आचार्यले जनाकारी गराएकी छिन । प्रतियोगितमा मोडल सम्पदा अमगाई र मोडल सृष्टि भुसाल कार्यक्रम संयोजक रहेका छन् ।
भबिष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न सौन्दर्य प्रतिस्प्रधामा प्रतिनिधित्व गराउने उद्देश्यले यो प्रतियोगिता गरिएको अध्यक्ष आचार्य बताउछिन ।
मिस्टर एण्ड मिस स्टार चितवन-२०१९ प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता, स्टेज कार्यक्रममा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन । साथै बिजेतालाई नगद सहित आकर्षक पुरस्कार समेत प्रदान गरिएको आयोजकले जनाएको छ ।
कोरियोग्राफर अस्मिता नेपालीले कोरियोग्राफी गरिरहेकी प्रतियोगितामा प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण प्रदान गरिदै आएको छ । प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित अन्य गतिविधीमा समेत सहभागी गराउदै आएको आयोजक सस्थाले बताएको छ ।






