छिरीङ डोल्मा शेर्पा अमेरिकामा सम्मानित

काठमाडौं,
कार्तिक ८ ।

लामो समयदेखि नेपालको पर्यटनलाई विश्वसामु चिनाउँदै आएकी पर्यटन सद्भावना दुत तथा मिसेस नेपाल टुरिजम २०१९ विजेता छिरिङ डोल्मा शेर्पा अमेरिकामा पर्यटन प्रबद्धनमा ब्यस्त छिन । पर्यटन प्रबद्धनमा ब्यस्त भईरहेको बेला अहिले उनलाई अमेरिकामा विभिन्न सम्मानको समेत अबसर जुट्दै गएको छ । सिन्धु-युएसए वेलफेयर सोसाईटी इन्क द्वारा सस्थाका अध्यक्ष छिरीङ तेञ्जिङ शेर्पाले पर्यटन सद्भावना दुत छिरीङ डोल्मा शेर्पा र अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्ष कर्मा छिरीङ शेर्पालाइ अमेरिकामा रहेको मुस्ताङ थकाली रेस्टुरेन्टमा एक भब्य कार्यक्रमको आयोजना गरि सम्मान तथा बधाई कार्यक्रम सम्पन्न गरेको थियो ।

भिजिट नेपाल २०२० लाई सफल बनाउने हेतुले नेपाल पर्यटन बोर्डले शेर्पालाई सद्भावनादुतमा नियुक्त भएसँगै शेर्पा अमेरिका प्रस्थान गरेकी थिइन् । नेपालमा हुने दर्जनौ सौन्दर्य प्रतियोगिताहरुमा निर्णायकको भूमिका गरेर फरक पहिचान बनाएकी शेर्पा सामाजिक कार्यमा समेत अग्रणी भुमिका निर्वाह गर्दै आएकी छिन ।

मिसेस नेपाल टुरिजम २०१९ को ताज पहिरिएपछि नेपालको पर्यटन प्रबद्धनको क्षेत्रमा क्रियाशिल शेर्पा सद्भावनादुत नियुक्त भए लगत्तै प्रचारप्रसारका लागि अमेरिका अमेरिकामा छिन । उनले अमेरिकामा रहँदा नेपालको पर्यटनका बारेमा विभिन्न शहरहरुमा प्रचारप्रसार तथा अन्तरक्रिया कार्यक्रम गर्दै आएकी छिन भने अमेरिकामा रहेका विभिन्न सङ्घ सस्थाहरुले उनलाई उच्च सम्मान समेत प्रदान गर्दै आएका छन् ।

सरकारले सन् २०२० मा २० लाख पर्यटकलाई भित्र्याउने लक्ष्य सहित ‘भिजिट नेपाल २०२०’ घोषणा गरी तिब्र रुपमा प्रचारात्मक कार्य अघि बढाइरहेको बेला शेर्पा भ्रमण बर्ष २०२० को प्रचार प्रसार गर्न अहिले अमेरिकामा ब्यस्त छिन ।

नेपालको पर्यटन प्रबद्धन नेपाली कला, संस्कृतिको सम्बद्धन गर्दै भ्रमण वर्षलाई सफल बनाउन क्रियाशिल हुँदै शेर्पा अमेरिकाको विभिन्न कार्यक्रम, अन्तरक्रिया तथा भेटघाटमा ब्यस्त बनेकी हुन् । नेपालको पर्यटन प्रबर्धन गर्दै समृद्ध नेपाल र व्यवस्थित पर्यटनका लागि कार्य गर्नुनै आफ्नो पहिलो दायित्व हुने शेर्पाले जनाइन् ।

नेपाल सरकारले सद्भावनादुत नियुक्तसँगै आफ्नो योजना अनुसार नेपालको पर्यटन प्रबद्धनमा भुमिकालाइ अझ ब्यबस्थित गरेकी छिन । शेर्पाले विदेश तथा नेपालको विभिन्न शहर र पर्यटकीय क्षेत्रहरुमा आयोजना हुने कार्यक्रमहरुमा सहभागी जनाउने छिन् भने विभिन्न मुलुकमा नेपालको प्राकृतिक सौन्दर्यता, संस्कृति, विविधताका बारेमा प्रचारप्रसार गर्नेछिन् ।

यसमा तपाइको मत

अन्य समाचार