अजरबैजान प्रस्थान गर्दै प्रधानमन्त्री

काठमाडौं,
कार्तिक ७ ।

प्रधानमन्त्री केपी शर्मा ओली आज (बिहीबार) अजरबैजान प्रस्थान गर्दैछन् । असंलग्न राष्ट्रहरूको सम्मेलनमा सहभागी हुन उनी अजरबैजानको राजधानी बाकु जान लागेका हुन् ।

असंलग्न आन्दोलन ९नाम० को १८औं शिखर सम्मेलन शुक्रबारदेखि सुरु हुँदैछ। सम्मेलनमा सहभागी हुन ओली बिहान पौने १२ बजे त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्रमन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भेनेजुयलाका कम्युनिस्ट शासक मडुरोसँग दुईपक्षीय वार्ता गर्ने कार्यक्रम छ । ओलीले शनिबार सम्मेलनलाई संवोधन गर्नेछन् ।

भ्रमण सकेर प्रधानमन्त्री कार्तिक १० गते स्वदेश फर्कने छन् । भ्रमण टोलीमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र सचिव शंकरदास बैरागीलगायत सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

असंलग्न राष्ट्रहरुको समूहमा १ सय २० देश आवद्ध छन् भने १७ मुलुक पर्यवेक्षक सदस्य रहेका छन् ।

फाइल तस्विर

यसमा तपाइको मत

अन्य समाचार