काठमाडौं,
कार्तिक ६ ।
सेवासुविधा बढाउन माग गर्दै आन्दोलनमा उत्रिएका आर्यघाटमा शवदाह गर्ने कामदारहरूले आन्दोलन फिर्ता लिएर काममा फर्किएका छन् । पशुपति क्षेत्र विकास कोषले कामदारको सेवा–सुविधा वृद्धि गरेपछि कामदार आन्दोलन फिर्ता गरेर काममा फर्किएका हुन् । बुधबार दिउँसो आन्दोलनरत कामदार र कोषबीच सेवा सुविधा वृद्धि गर्ने सहमति भएपछि आन्दोलन फिर्ता भएको हो ।






