भक्ति गीत ‘दर्शन याःवनेनु पासा…’

काठमाडौं,
कार्तिक २ ।

ललितपुरको पुरानो नेवार बस्ती सुनाकोठी स्थित सम्भवत एउटै शिलाबाट निर्मित विश्वकै ठूलो भिमसेन महारजको मुर्ति रहेको छ ।

सोही मुर्तिको सेरोफेरोमा रहेर रुपेश डंगोल र राजभाई जकमीको शब्द, रुपेश डंगोलको सङ्गीतमा ‘दर्शन याःवनेनु पासा, हलिमय् तःधंम्ह भिन्द्यःया दशर्न याःवनेनु…’ बोलको नेवारी भाषाको भक्तिगीत तयार भएको छ । गीतले विश्वकै अग्लो मानिएको भिमसेन महाराजको महिमा झल्काउने प्रयास गरेको छ ।

चर्चित गायक, गायिका मदनकृष्ण श्रेष्ठ, भीम तुलाधार, बबिन प्रधान, संजय श्रोष्ठ, ज्योति घिमिरे, सचिन रौनियार, यमन श्रेष्ठ, जेम्स प्रधान, बिजय गुरुङ, भुपेन्द्र बज्राचार्य, कविन श्रेष्ठ, नलिना चित्रकार, लसता जोशी, रुपेश डंगोलको स्वर समेटिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार