काठमाडौं,
कार्तिक २ ।
मोडल रियासा दाहाल र ओबी रायमाझी र साहिल सुनारको अभिनय रहेको गीतको भिडियो सिन्दुर सार्बजनिक भएको छ । राजधानीको अनामनगरमा शुक्रबार एक कार्यक्रमबीच स्रष्ट्रा चन्द्र शर्माले उक्त गीत सार्बजनिक गरेका हुन । उनले गीत अत्यन्तै उत्कृष्ट रहेको र दर्शक को मन जित्ने बताए । अन्जु पन्त र रोशन सिंहको स्वर रहेको गीत मा शब्द र सङ्गीत पनि रोशन कै रहेको छ ।
प्रथम खड्काको निर्देशन, नबराज उप्रेतिको छायाँकन र शिलन लम्सालको सम्पादन रहेको भिडियो सार्बजनिक कार्यक्रम राजेश ओबी रायमाझिको स्वागत प्रथम खड्काको धन्यवाद मन्तब्य र राजेश बर्देवाको सञ्चालनमा सप्पन्न भएको थियो । ओबिजी इन्टर्टेन्मेन्ट् ले बजार ब्यबस्थापन गरेको गीत भीमा सुनारको प्रस्तुती हो ।






