‘आयो तिहार लिएर देउसी…’ भन्दै आए निशु र सुनिल (भिडियोसहित)

काठमाडौं,
कार्तिक १ ।

नेपालीको दोस्रो ठूलो चाड तिहार नजिकिदै जादा तिहार सम्बन्धि गीतहरु सार्वजनिक भइरहेका छन् । यही मेसोमा निशु ढकाल र सुनिल सुनारको स्वरमा रहेको तिहार गीत ‘आयो तिहार लिएर देउसी…’ सार्वजनिक भएको छ । नवीन के तिमल्सिनाको शब्द, सङ्गीत तथा एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतको भिडियोमा सदिक्षा, एन्जिला, कृपा, स्मृति, मनिषा र आर्यनको नृत्य रहेको छ भने हेम पी देवकोटा, कृष्ण शाही, अनिल सृजना र आर्यनले देउसी भट्याएका छन् ।

थुप्रै गीतमा स्वर दिएर स्रोता/दर्शकको मन जित्न सफल निशुले आफ्ना अन्य गीत जस्तै यो गीतले पनि स्रोता/दर्शकको मन जित्नेमा आफू आशावादी रहेको बताइन ।

यसमा तपाइको मत

अन्य समाचार