मखमली मखमलीको फस्ट लुक्स पोष्टर सार्वजनिक

काठमाडौं,
असोज २७ ।

चलचित्र ‘मखमली मखमली’को फस्ट लुक्स दुई ओटा पोष्टर सार्वजनिक गरिएको छ । यो चलचित्र १३ मँसिरदेखि देशभरका सिनेमाघरमा आउँने भएको छ । चलचित्रको रिलिज मिति घोषणासँगै फस्ट लुक्स पोष्टर सार्वजनिक गरिएको हो । चलचित्रलाई सावित्रा चिलुवालले निर्माण गरेकी हुन् ।

प्रदर्शनको मिति तयसँगै सार्वजनिक गरिएको दुई ओटा पोष्टरमा अभिनेता जयकिशन बस्नेत र अभिनेत्री शुभेच्छा थापालाई महत्व दिईएको छ । दुबै पोष्टरमा जयकिशन हास्य अबतारमा छन् । एउटा पोष्टरमा उनी ढकियामाथि बसेर बियर पिउँदै गरेको र उनलाई शुभेच्छाले बोकेको देखाईएको छ । यस्तै अर्को पोष्टरमा जयकिशन तिलहरी युक्त पोते र मँगलशुत्रमा सजिएको देखाईएको छ ।

‘मखमली मखमली’को कथासँगै गीत पनि निर्माता सावित्रा चिलुवालले नै लेखेका हुन् । चलचित्रको कथा आफुले लेखेको र कथा राम्रो भएका कारण चलचित्रमा आफैंले निर्माण गरेको पनि सावित्राले बताएकी छिन् ।

चलचित्रमा जयकिशन र शुभेच्छासँगै सारदा गिरी (कालीबुढी), परी तामाङ, मायाँ तामाङ, सावित्रा चिलुवाल, सविन बास्तोलसहितको अभिनय छ । राजु गिरीले निर्देशन गरेको चलचित्रमा बसन्त सापकोटा, बाबुल गिरी र सावित्रा चिलुवालको सङ्गीत, रामजी लामिछाने र अनिल राईको नृत्य निर्देशन, बिनोद बमको सम्पादन र रामेश्वर हुमागाईको छायाँकन रहेको छ ।

यस अघि चलचित्र ‘मखमली’ निर्माण भएको थियो । ‘मखमली’को सिक्वेलको रुपमा अभिनेत्री निर्माता शुभेच्छा थापाले ‘मखमली मखमली’ निर्माण घोषणा गरिन् । तर, समयमा चलचित्र छायाँकन नभएपछि यो चलचित्रमा निर्माताको रुपमा सावित्रा आबद्ध भएका हुन् ।

यसमा तपाइको मत

अन्य समाचार