काठमाडौं,
असोज २५ ।
चिनियाँ राष्ट्रपति सी जिङपिङ को नेपाल भ्रमणको स्वागतका लागि काठमाडौंका विभिन्न स्थानहरु सिङ्गारिएका छन् ।उनको स्वागतका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलदेखि सोल्टी होटलसम्म सडकमा व्यानर तथा गेटहरु निर्माण गरिएका छन् ।
राष्ट्रपति विद्यादेबी भण्डारीको निमन्त्रणामा २ दिने राजकीय भ्रमणमा चिनियाँ राष्ट्रपति सी आज शनिवार दिउँसो ४ बजे काठमाडौमा विमानस्थलमा अवतरण गर्नेछन् भने २१ घण्टाको नेपाल बसाईपछि आइतबार दिउँसो १ बजे चीन फिर्ता हुने कार्यक्रम छ ।
राष्ट्रपतिको भ्रमणलाई मध्यनजर गर्दै सरकारले राजधानी काठमाडौंलाई बेहुली जस्तै सिङ्गारेको छ । राष्ट्रपति सीको स्वागतार्थ सरकारले उनको कार्गेट चलाइने सडकलाई चिटिक्क पारेको छ ।






