काठमाडौं,
असोज २४ ।
देशभरका सिनेमाघरमा आजदेखि चलचित्र ‘छ माया छपक्कै’ प्रदर्शनमा आएको छ । वर्षकै प्रतिक्षित चलचित्रका रुपमा हेरिएको चलचित्र ‘छ माया छपक्कै’ शुक्रबार प्रदर्शन अन्तर्गत आजदेखि प्रदर्शनमा आएको हो ।
यो चलचित्र कमेडी जनरामा नै निर्माण भएको छ । दीपेन्द्र लामाको निर्देशन रकथासमेत रहेको चलचित्रमा दीपा श्री निरौला निर्देशन सल्लाहाकार छिन् ।
आमा सुरस्वती मुभिजले रोहित अधिकारी फिल्मस् र आईएमईसँग सहकार्य गरेर निर्माण गरेको यस चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्टलगायतको मुख्य अभिनय रहेको छ । चलचित्रमा रोहित अधिकारीले लगानी गरेका छन् ।
‘छक्कापञ्जा’को टीम यस चलचित्रमा भएकाले पनि चलचित्रबाट निकै नै आशा गरिएको छ । चलचित्रले क्युएफएक्स चेनमा उत्साहजनक शो पाएको छ ।






