चिनियाँ राष्ट्रपतिलाई सी जिनपिङलाई विमानस्थलमा राष्ट्रपति भण्डारीले स्वागत गर्ने

काठमाडौं,
असोज २४ ।

सरकारका प्रवक्ता गोकुलप्रसाद बास्कोटाले राष्ट्रपति विद्या भण्डारीले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमै स्वागत गर्ने बताएका छन् ।

बिहीबार एक कार्यक्रममा बोल्दै मन्त्री बास्कोटाले राष्ट्रपति भण्डारीकै मैत्रीपूर्ण निमन्त्रणमा नेपालको राजकीय भ्रमणमा आउन लाग्नु भएका चिनियाँ राष्ट्रपति सीलाई स्वागत पनि राष्ट्रपतिले गर्ने जानकारी दिएका हुन् ।

‘कसले स्वागत गर्ने भन्दा राष्ट्रपति ज्यूको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ आउँदै हुनुहुन्छ भनेपछि उहाँले नै स्वागत गर्नु हुन्छ,’ बिहीबार मन्त्रीपरिषद बैठकको निर्णय जानकारी गराउन आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘यो धेरै बहसको विषय रहेन्, त्यो धेरै क्यूरिसिटीको विषय पनि भएन ।’

चिनियाँ राष्ट्रपति सीको यही शनिबार र आईतबार दुई दिने नेपालको राजकीय भ्रमण हुँदैछ। सञ्चारमन्त्री बास्कोटाले सो भ्रमणमा नेपालले दुई मुलुकबीचको कनेक्टिभीटीमा जोड दिने पनि बताए ।

(फाइल तस्विर)

यसमा तपाइको मत

अन्य समाचार