‘बीच्च बीच्चमा’ गीत चलचित्र ‘छ माया छपक्कै’मा (भिडियोसहित)

काठमाडौं,
असोज ११ ।

चलचित्र ‘छ माया छपक्कै…’को प्रमोसनल गीत सार्वजनिक भएको छ । दुर्गेश थापाको चर्चित तीज गीत ‘बीच्च बीच्चमा’लाई ‘छ माया छपक्कै’ को प्रचारमा प्रयोग गरिएको हो ।

गायक दुर्गेश थापाको स्वरमा रहेको तीज गीत ‘बीच्च बीच्चमा’ को सङ्गीतमा रमाइला टुक्का जोडेर चलचित्र हेर्न दर्शकलाई आग्रह गरिएको छ । गीतमा दुर्गेश स्वयंको शब्द, सङ्गीत र स्वर छ ।

गीतको भिडियोमा गायक दुर्गेशसहित कलाकारहरु दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, केकी अधिकारी, सुपुष्पा भट्ट र दीपाश्री निरौला फिचर्ड छन् ।

यही असोज २४ गतेबाट प्रदर्शनमा आउने ‘छ माया छपक्कै’ को यसअघि ‘जूनको जुनेली…’ गीत र ट्रेलर सार्वजनिक भइसकेको छ ।

अनुराग कुँवर, प्रकाश घिमिरे, रमा थपलिया, विष्णु सापकोटालगायतका कलाकारहरुको पनि अभिनय रहेको चलचित्रमा निर्देशक दीपेन्द्र लामालाई दीपाश्री निरौलाले निर्देशनमा सघाएकी छन् । चलचित्रलाई हरि हुमागाइँले खिचेका हुन् भने विपिन मल्लले सम्पादन गरिरहेका छन् ।

चलचित्रका कार्यकारी निर्माता जितु नेपाल र केदारप्रसाद घिमिरे हुन् । निर्देशक लामाकै कथा रहेको चलचित्रमा दीपकराज गिरीको पटकथा छ । संवादमा उनलाई केदारप्रसाद घिमिरे, जितु नेपाल, अभिमन्यू निरवीले सघाएका छन् । रोहित अधिकारीको निर्माण रहेको चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व र कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार