काठमाडौं,
असोज ९ ।
‘मेरो जवानी…’ गीत सार्वजनिक भएको छ । सञ्चारर्मी, मोडल एवम् गायिका सरिता भारती स्वर रहेको गीत ‘मेरो जवानी…’को भिडियो सार्वजनिक भएको हो ।
लोक पप शैलीको यो गीत ‘डान्सिङ आईटम नम्बर’ बनेको छ । युवतीहरुलाई पैसा किन्न पाइँदैन, उनीहरुलाई मायाँ गरेर आफ्नो बनाउनु पर्छ भन्ने सन्देश यो गीतले दिन खोजेका गायिका सरिताले बताईन् ।
अहिले चर्चामा रहेकी बेली डान्सकी कलाकार बिनु शाक्यको यो गीतमा नृत्य रहेको छ । बिनुसँगै मोडल अनिषा न्यौपाने र एलिना ठकुरीको नृत्य पनि रहेको छ । भिडियोमा अभिनेता मोडल रमेशचन्द सोडारीले पुरुष मोडलको भूमिका निभाएका छन् । भिडियोमा गायिका सरिता आफैं पनि मोडलको रुपमा छिन् ।
बलिउडमा लामो समय काम गरेर नेपाल आएका कोरियोग्राफर माईकल चन्दले यो भिडियोको कोरियोग्राफी गरेका हुन् । फ्रि स्टाईलको डान्स प्रस्तुत गरिएको उनको कोरियोग्राफी प्रशसनीय छ । रामशरण उप्रेतीको छायाँकन र प्रदीप कँडेलको सम्पादनमा यो भिडियो तयार भएको हो । जसमा गायिका भारती र बिना राना मगरको श्रृङ्गार रहेको छ ।
ब्युटी न्युज नेपालको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको यो भिडियोलाई डब्बु क्षत्रीले निर्देशन गरेका हुन् । गीतमा डब्बु क्षत्रीकै शब्द र जुगल डंगोलको सङ्गीत रहेको छ ।
गीतको सङ्गीत संयोजन र रेकर्डिङ पनि जुगलले नै गरेका हुन् । आर्टोम्युज पुतलीसडकमा रेकर्ड गरिएको यो गीत र भिडियोलाई विलक्षण क्रियसनले निर्माण तथा उत्पादन गरेको हो ।
आधादशक देखि विभिन्न स्टेज कार्यक्रममा अरुको गीत गाउँदै आएकी सरिताको यो पहिलो रेकर्डिङ गीत हो । उनी केही समय यताबाट सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरमा गायन सिकिरहेकी छिन् ।






