काठमाडौं,
असोज ८ ।
अष्ट्रेलिया र नेपालमा छायाँकन गरिएको गीत ‘यो मेरो भुल…’को भिडियो सार्वजनिक भएको छ । सिशिर जय खरेल र अर्चना क्षेत्री फिचर्ड गीतको भिडियो सार्वजनिक भएको हो ।
जहाँ उनीहरु रोमान्टिक मुडमा देखिएका छन् । सार्वजनिक गीतमा स्वर, शब्द तथा सङ्गीत बिनोद ढकालको रहेको छ । गीतलाई एरेन्ज भने दिनेश श्रेष्ठले गरेका हुन् ।
आदित्य राणाले निर्देशन, छायाँकन र सम्पादन गरेको भिडीयोमा सब्बु तामाङ र अमिया गुरुङको मेकअप, रबिन आचार्यको छायाँकन देख्न सकिन्छ ।






