गणेश र मायाको स्वरमा ‘याद आउँछ बेसरी…’ (भिडियोसहित)

काठमाडौं,
असोज ७ ।

गणेश गुरुङ र माया गुरुङको स्वरमा रहेको लोक गीत ‘याद आउँछ बेसरी…’ सार्वजनिक भएको छ । गणशकै शब्द, मायाको सङ्गीत र कृष्ण बिकको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

मारुनी डिजिटलमा रेकर्डिङ गरिएको ‘याद आउँछ बेसरी’ गीतको मिक्सिङ भने कुमार रानाले गरेका छन् ।

मौसम हिमालीको निर्देन रहेको गीतको भिडियोमा कुनै समय नृत्य क्षेत्रमा एकछत्र राज गर्न सफल र पछिल्लो समय अमेरिकाबाट पर्किएका मोडल तथा कोरियोग्राफ बब्बु थापा, गायक गणेश गुरुङ, आरुशी मगर, कमला गुरुङ र साथीहरुको नृत्य तथा अभिनय रहेको छ ।

भिडियोलाई प्रकाश खड्काले छाँयाकन गरेका हुन् भने कलर तथा सम्पादन मनेज कार्कीले गरेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार