राजेन्द्र बजगाईंको ‘कसैलाई खुशी धेरै…’ (भिडियोसहित)

काठमाडौं,
असोज ४ ।

राजेन्द्र बजगाईंको स्वरमा रहेको सन्देशमुलक गीत ‘कसैलाई खुशी धेरै…’ सार्वजनिक भएको छ । दीपक आचार्य ‘जलन’को रचना, राजेन्द्र कै सङ्गीत र मोहित मुनालको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

प्रहिल कार्कीको निर्देशन रहेको गीतको भिडियोमा सन्दिप श्रेष्ठको जिवन्त अभिनय रहेको छ । अखिल बास्कोटाको छायाँकन, माधव बेल्बासेको सम्पादन रहेको भिडियोमा मिक्सिङ/माष्टरिङ कृष्ण श्रेष्ठको रहेको छ ।

‘हामीले यसपाली अलिक फरक खालको गीत स्रोता/दर्शकमाझ ल्याएका छौ, आशा छ सबैले मनपराई दिनुहुनेछ’, बजगाईंले भने ।

यसमा तपाइको मत

अन्य समाचार