टुँडिखेलमा मनाइयो संविधान दिवस

काठमाडौं,
असोज ३ ।

राजधानीको सैनिकमञ्च टुँडिखेलमा संविधान दिवस मनाइएको छ । संविधान दिवसको अवसरमा राजधानीको टुँडिखेलमा संघीय सरकारले विशेष कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाइएको हो ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली उच्च पदस्थ अधिकारी, विशिष्ट अधिकारी, मन्त्रीहरु, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका नेता कार्यकर्ता, सरकारी कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।

संविधान दिवसको अवसर पारेर काठमाडौंको सैनिकमञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई काँचुली फेर्ने अभियानको नेतृत्वमा आफू रहेको उल्लेख गर्दै नेपाली जनताको दशकौंको सपना पूरा हुने दावी गर्नुभयो । उहाँले भन्नुभयो- ‘संविधान दिवसको अवसर पारेर म फेरि प्रतिवद्धता जाहेर गर्दछु, मुलुकले काँचुली फेर्छ, हाम्रा सपनाहरु पूरा हुन्छन्–हुन्छन् । यस अभियानको नेतृत्वमा म छु ।’

कार्यक्रममा सातै प्रदेशको विभिन्न साँस्कृतिक नृत्य तथा झाँकीहरु प्रस्तुत गरिएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार