मनिष र कृति भए मिष्टर एण्ड मिस गुरुङ देवदह

बुटवल,
असोज ३ ।

मिष्टर एण्ड मिस गुरुङ देवदहको ताज मनिष गुरुङ र कृति गुरुङले पहिरिएका छन् । उपाधी सँगै विजेता द्वयले नगद रु. २०/२० हजार रुपैैयाँ समेत प्राप्त गरेका छन् । मनिषा र विनायक १० जना अन्तिम प्रतिस्पर्धीलाई पछाडी पार्दै मिष्टर एण्ड मिस गुरुङ देवदह बनेका हुन् । त्यस्तै मुना गुरुङ र बिनभ गुरुङ फस्र्ट रनर अप र श्रेया गुरुङ सेकेण्ड रनर अप बन्न सफल भए । कृति गुरुङलाई भ्यूअर्स च्वाइस सब–टाइटल समेत प्रदान गरियो ।

तमू ह्यूल छोंज धीं रुपन्देही सचिव ओम प्रकाश गुरुङको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा सुन्दर गुरुङ, वरिष्ठ गुरुङ भाषा प्रशिक्षक ठाकुरजंग गुरुङ र मिना गुरुङ निर्णायकका रुपमा रहेका थिए ।तमू ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषद रुपन्देही संरक्षकका रुपमा रहेको कार्यक्रमको देवदह आयोजकका रुपमा तमू ह्युल युवा छोज धी देवदह, मोहन गुरुङ, बिश्वास गुरुङ तथा कृष्णा कुमारी घले रहेका थिए ।

उक्त कार्यक्रमहरुले देवदहमा रहेका गुरुङ युवा युवतीहरुको अन्तरनिहित प्रतिभाहरुको प्रस्फुटन गरी मोडलिङ क्षेत्रमा रहेका विभिन्न समस्याहरुको बोरमा सचेत बनाई समयअनुसार उनीहरुलाई आत्ममिर्भर बनाउन सहयोग गर्ने कार्यक्रकमका अध्यक्ष सुन्दर गुरुङले बताए ।

गुरुङ समुदायको भाषा संस्कार तथा संस्कृति संरक्षण गर्न यस्ता कार्यक्रमहरुले महत्वपुर्ण भूमिका खेलिरहेको र यस्ता कार्यक्रमहरु बुटवलमा मात्र नभएर देशव्यापी रुपमा हुनुपर्नेमा प्रमुख अतिथि ओमप्रकाश गुरुङ जोड दिए। कार्यक्रमको सञ्चालन चित्र गुरुङ र मोहन गुरुङले गरेका थिए ।

कार्यक्रमको कोरियोग्राफि बिनय गुरुङले गरेका थिए । उक्त प्रतियोगिताले भाग लिएका प्रतियोगिहरुको व्यक्तित्व विकासमा सहयोग पु¥याएको सहभागीहरुले बताए ।

यसमा तपाइको मत

अन्य समाचार