काठमाडौं,
असोज २ ।
नेपाल आइडल सिजन १ मा निकै रुचाईएका प्रतिष्पर्धी मध्यका सागर आलेले नयाँ आधुनिक गीत ‘झुमझुम’ लिएर स्रोता/दर्शकमाझ आएका छन । गायक आलेसँगै गायिका मेलिना राईको आवाज रहेको उक्त गीतमा मृतआत्मासँग कल्पनामा रमाएर झुमेको भावलाई समेटिएको छ ।
उक्त झुमझुम गीतमा कादम्बरी दाना श्रेष्ठको शब्द रहेको छ भने शंकर थापा स्माईलको सङ्गीत रहेको छ । गीतको भिडियोमा एलिशा शर्मा र सुनिल क्षेत्रीको अभिनय तथा नृत्य रहेको छ ।






