‘कुलखानदान’को ट्रेलर सार्वजनीक

काठमाडौं,
असोज १ ।

पारिवारिक टेलिसिरियल ‘कुलखानदान’ को ट्रेलर सार्वजनीक गरिएको छ । रमाइलो टिभीको प्रस्तुतिमा सोभित बस्नेतको निर्देशन रहेको टेलिसिरियल ‘कुलखानदान’को ट्रेलर सार्वजनीक गरिएको हो ।

दशैँदेखि प्रशारण हुने यो टेलिसिरियलमा पारिवारिक जीवनको आरोह अबरोह प्रस्तुत गरिने निर्देशक सोभितले जानकारी गराए । ‘कुलखानदान’मा नीर शाह, सपना श्रेष्ठ, उत्तम केसी, रोहित रुम्वा, बिशाल पहाडी, शुभेच्छा थापा, अस्मिता जुरेली, संगम भण्डारीलगायत नवअभिनेत्री काब्या कार्की र बाल कलाकार एञ्जिल रोकाय प्रमुख भूमिकामा छन् ।

सलिना बस्नेत कार्यकारी निर्माता रहेको सिरियल राहुल राईले खिचेका हुन् । रामकाजी घिमीरेले लेखेको सिरियल बन्दे प्रसादले सम्पादन गरेका छन् । टेलिसिरियल भएता पनि ‘कुलखानदान’लाई फिल्मी भब्यता दिइएको निर्देशक बस्नेतको दावी छ ।

यसमा तपाइको मत

अन्य समाचार