काठमाडौं,
भाद्र ३१ ।
पाँचखाल र नेपालथोकमा आठवटा हेलिकोप्टर आकस्मिक अवतरण गरिएको छ । मौसम खराब भएका कारण लुक्लाबाट काठमाडौंको लागि उडेका आठवटा हेलिकोप्टरहरुको आकस्मिक अवतरण गरिएको हो ।
पाँचखाल नगरपालिकाभित्रका धान खेतमा ५ वटा र भकुण्डेबेसीमा ३ वटा हेलिकप्टर आकस्मिक अवतरण गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार अवतरण भएका आठवटै हेलिकोप्टरमा सवार यात्रुहरु सकुशल रहेका छन् । हेलिकोप्टरमा सवार यात्रुहरुमा अधिकांश विदेशी रहेको प्रहरीले जनाएको छ ।






