‘भाग्य आ-आफ्नो २’ लोकप्रिय

काठमाडौं,
भाद्र ३१ ।

रमाइलो एचडी टीभीमा प्रसारण भइरहेको समसामयिक विषयमा निर्माण गरिएको टेलिशृङ्खलाका ‘भाग्य आ-आफ्नो २’ दर्शकमाझ लोकपृय हुँदै गएको छ । रमेश कोइरालाको लेखन तथा निर्देशन रहेको यो शृङ्खला उनकै भनाईमा विशेषत ग्रामीण भेगमा लोकप्रिय छ ।

‘डिस होमको नेटवर्कका दर्शक शहरमा भन्दा बढी गाउँमा राम्रो छ । इन्टरनेट सेवा पुगेर पनि युट्युब चलाउन नजान्ने दर्शकको सङ्ख्या हाम्रो शृङ्खलामा उच्च छ’, रमेश भन्छन् ।

यो शृङ्खलामा पुकार भट्टराई, जेएन घिमिरे, धर्मेन्द्र आचार्य, अनु निरौला, दीपक ढकाल, कोपिला थापा, तारा केसी, सुष्मिता कार्की, सिपी पौडेल, केदार दवाडी, राजेन्द्र केसी, दीपकराज पाठकसँगै नवकलाकार नम्रता आर्यलको अभिनय छ ।

रमाइलो टीभीको प्रस्तुतिमा रोशन रिजालको निर्माण रहेको शृङ्खलामा जय ओझाको पटकथा तथा संवाद, मिश्रीलाल यादवको सम्पादन, दयाराम पाण्डेको गीत, मान्सी किरणको सङ्गीत, रिता केसीको स्वर, मोहनविक्रम शाहको छायाँकन, राधाकृष्ण आचार्यको मुख्य सहायक निर्देशन छ ।

यसमा तपाइको मत

अन्य समाचार