काठमाडौं,
भाद्र ३१ ।
नेपाल आइडल सिजन-२ का विजेता रवि ओडको स्वरमा रहेको गीत ‘पिएर नशा’ सार्वजनिक भएको छ । अर्जुन पौडेलको शब्द/ सङ्गीत र लहाङ सुब्बाको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
निकेश खड्काको निर्देशन तथा सुवोल थापाको कोरियोग्राफी रहेको गीतको भिडियोमा वर्षा राउत, रञ्जित पौडेल र रवीलाई फिचर्ड गरिएको छ । बुद्ध थापाले छायाँकन गरेको भिडियोमा विकास धमलाको सम्पादन रहेको छ ।






