काठमाडौं,
भाद्र २७ ।
तीन दिन सम्म चल्ने ‘राष्ट्रिय चलचित्र कन्फरेन्स’ विहिबारदेखि सुरु भएको छ । मानव अधिकार चलचित्र केन्द्रको आयोजना नेपालमा पहिलो पटक ‘राष्ट्रिय चलचित्र कन्फरेन्स’ सुरु भएको हो । चलचित्र बिकास बोर्डका अध्यक्ष केशब भट्टाईले पानासमा बत्ती बालेर कार्यक्रमको उद्धघाटन गरेका थिए । भट्टराईले कार्यक्रममा बोल्दै नेपाली चलचित्रको यो विचमा थुप्रै परिवर्तन भएको बताए ।
‘शीर्जनशील र व्यवसालाई मात्र चलचित्र हो ? सिङ्गो सिर्जनशीलतमा सबै पर्छन कि पर्दैनन ? यो विषयमा बहस गरिदिनु होला । साथै चलचित्र विधेयक सबैले अध्ययन गरी उचित राय दिन आग्रह छ’, उनले भने ।
यो कन्फरेन्सबाट आगमी दिनमा चलचित्रको अध्ययन गर्ने विद्याथीहरुको लागि कोर्स अफ स्टडिजमा यो दस्तावेज र उपायोगी कुरामा विस्वास लिएको समेत बताए ।
काठमाडौं कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा आयोजित कन्फरेन्समा समाजशाशस्त्रिय दृष्टिमा चलचित्र बारेमा बोल्दै राजनितिशास्त्री हरि शर्माले सिनेमा संसारको सुख दुःख, हर्ष र आनन्द एकै ठाउँमा पाइने बताए ।
‘अहिले हात हातमा सिनेमा छ । कन्फाइन्ड स्टेटमा सिनेमा हेर्दा खेरी इमोसन ह्याप्पीनेस एंगरनेश, सबै कुरा महससु गर्न पाइन्छ’, शर्माले भन्छन, ‘ब्ल्यक एण्ड हाइट बाट मल्टि कलर र स्टेरियो भ्वाइसदेखि डिजिटल भ्वइस सम्म आउँदा टेक्नोलोजीमा धेरै विकास भएको छ ।’
उनले सिनेमाले बदलिदो समाजसँगै सेन्स एण्ड सेन्सीविलिटीलाई कसरी जोड्छ ? भन्ने कुरामा परिवर्तन हुदै आएको बताए ।
‘दर्शकको दृष्टिकोणमा सिनेमा के हो ? मनोरञ्ननका लागि बनाउने मान्छे सिनेमालाई कुन विषय वस्तुमा बनाउँछ ? सिनेमाले दर्शकको नारी छाम्न सक्नुपर्छ, शर्माले थपे ।
शर्माकाअनुसार नेपाली सिनेमाले समाजको प्रतिनिधित्व गर्न सकेको छैन । राज्यको लागि सिनेमा पब्लिक प्रोप्रोगाण्ड मात्रै हो । सिनेमाको लागि राज्यले कहिल्यै पनि सहजकर्ताको रुपमा काम गरेन ।
सिनेमा कसरी आत्मानिर्भर हुन्छ भन्ने कुरा आजको आवश्यकता हो । बस्तुस्थिति अनुसार सिनेमा यथार्थ वादी हुन सक्छ कि सक्दैन ? यो कथा हरु बाट पफ्रेक्ट सिनेमा बनाउन सकिन्छ कि सकिदैन । सिनेमा बनाउनेलले कथा र प्लटको सिर्जना आफै गर्न सक्नु पर्ने उनको दाबी छ ।
त्यस्तै चलचित्र निर्देशक समाजकी अध्यक्ष सुचित्र श्रेष्ठले व्यवसायिक रुपमा नेपाली चलचित्र सुरुवात भएको ६ दशक भइसको बताइन ।
अस्करलमा नोमिनेस हुने फिल्म पनि बनेका छन् । तर बौद्धिक बहस हुन सकेको छैन । आफ्नो सिर्जनाको कुरा साटासटा गर्दैनौ । स्क्रिप्टमा नयाँ कुरा ल्याउन सर्जकहरु एकआपसमा बसेर छलफल गर्दैनौ, उनले भनिन् । चलचत्रिले बोलेका कुराले समाज परिवर्तन गर्न सक्नु पर्छ भन्ने उनको दावी छ ।
त्यस्तै कार्यक्रममा बोल्दै लोकरञ्ज पराजुलीले नेपाल सिनेमाको कसरी सुरुवात भयो भन्ने बारे चर्चा गरे । अनुभव अजित र उज्वल प्रसाईले नेपाली पञ्चायती सत्ताले राष्टवादको न्यारेटिभिट बनाएको थियो र अहिले पनि त्यो न्यारेटिभबाट भाग्न सकेको छैन भन्दै सयुक्त रुपमा छलफल गरे ।
त्यस्तै नेपाली नेपाली सिनेमा महिलाहरुको प्रस्तति करणमा सम्झाना वाग्लेले पञ्चायतकाल, प्रजातान्त्रिकाल, गणातान्त्रिक कालमा नेपाली सिनेमामा महिलाहरुको सहभागीता बारे कार्यपत्र प्रस्तुत गरिन । नेपाली चलचिमा विविधताको खोजी प्यानल छलफलमा विश्लेषक सोमत घिमिरे, निर्देशक दिपेन्द्र के खनाल, निर्माता तथा कलाकार दीपकराज गिरी र अभिनेत्री लक्ष्मी वर्देवा सहभागी थिए ।
बिहिबारदेखि शनिबार सम्म हुने कन्फरेन्समा नेपालमा चलचित्र निर्माण, नेपाली चलचित्रको विभिन्न विषयको चित्रण, तिनको प्रभावबारे अध्येताहरूले लेखेका विभिन्न कार्यपत्रको प्रस्तुति, ती कार्यपत्रमाथि छलफल तथा चलचित्र क्षेत्रका जल्दाबल्दा विषयमा छलफल हुने छ ।






