काठमाडौं,
भाद्र २६ ।
चलचित्र ‘प्रेम संसार’को गीत ‘सुनैना सुनैना…’ सार्वजनिक भएको छ । मंसिर १३ गतेदेखि देशभरका सिनेमाघरमा आउन लागेको यो चलचित्रको पहिलो गीत बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्बनिक गरिएको हो ।
सार्वजनिक गीतमा अर्जुन पोख्रेलको शब्द सङ्गीत, राजेश पायल राई र अन्जु पन्तको स्वर रहेको छ । राम गौतमले कोरियोग्राफी गरेको गीतमा कलाकार प्रेम सोनी र आयुष्मा कार्कीलाई देख्न सकिन्छ ।
चलचित्रमा प्रेम सोनी, कबिता नेपाली, आयुष्मा कार्की, मोनिका दाहाल बिबिशा पाण्डे, राम गौतम अर्जुन पौडेल, करण पौडेल, सुनिल बिक, यमबहादुर बिक, बिजय सुनार, टंक मरासैनी, किशोर पाण्डेलगायतको अभिनय रहेको छ ।
सोनी फिल्म्सको प्रस्तुतिमा राम गौतमको निर्देशन रहेको यस चलचित्रको कथा लेखन, निर्माता तथा प्रस्तुतकर्ता प्रेमबहादुर सुनार (गहतराज) हुन् भने, उत्तम केसी र देबीन गहतराज कार्यकारी निर्माता, कमल सुनार र सीता सुनार निर्माताको रुपमा रहेका छन् ।
चलचित्रमा अर्जुन पोख्रेल र बीबी अनुरागीको सङ्गीत, शंखर महर्जनको एक्सन, एकेन्द्र सारा शंखर र राम गौतमको कोरियोग्राफी, दीपेन्द्र बस्न्यातको छायाँकन रहेको छ । चलचित्र लाई उपत्यका बाहिर एफ.डी कम्पनि र उपत्यका भित्र रिच इन्टरटेन्टमेन्टले वितरण गर्दैछ ।






