‘सम्हाली राख है’को फष्टलुक पोष्टर सार्वजनिक

काठमाडौं,
भाद्र २६ ।

चलचित्र ‘सम्हाली राख है’को फष्टलुक सार्वजनिक भएको छ । चलचित्रको प्रचारका लागि तयार पारेको एक पोष्टर निर्माण युनिटले फष्टलुकको रुपमा ल्याएको हो ।

तारा शंकर फिल्मस् प्रालीको ब्यानरमा शंकर कार्कीको प्रस्तुति रहेको चलचित्र हरिकृष्ण महर्जनले निर्माण गरेका हुन् । श्यामकृष्ण महर्जन सह निर्माता रहेको चलचित्रमा आरएल मोक्तानको निर्देशन रहेको छ ।

अर्जुन कुवँर, सितल केसी, राजेन्द्र गोपाली, आरोही बस्नेत, स्नेहशा कार्की, अन्जना खत्री, शंकर कार्कीलगायत कलाकारको अभिनय रहेको चलचित्रमा बिक्रम कार्कीको कथा, ग्रिस रिजालको सम्पादन, देव महर्जनको एक्सन, जनक कार्की र राजेश शाहीको नृत्य, राजेश श्रेष्ठ र दीपक रमणको सङ्गीत समेटिएको छ ।

शंकर अधिकारी घायल र दीपक रमणको शब्द रहेको गीत हिमाल सागर, अनु चौधरी र नित्या शिवाले गाएका छन् ।

सम्पादन सकेर हाल धमाधम डबिङ भइरहेको चलचित्र दशैँ र तिहारको बीचमा सिनेमाघरमा ल्याउने योजनामा निर्माण युनिटको रहेको छ ।

निर्देशक आर एल मोक्तानकै पठकथा सम्वाद रहेको चलचित्रका मुख्य सहायक निर्देशक सुमन चापागाइ हुन् । काठमाडौं, कुलेखानी र दोलखाको आकर्षक दृश्य चलचित्रमा समेटिएका छन् ।

यसमा तपाइको मत

अन्य समाचार