मृगौला पिडीत बिन्दुलाई सहयोगको अपिल

काठमाडौं,
भाद्र २५ ।

वल्ड वाईड न्युज नेपालको आयोजनामा दुबै मृगौला फेल भएकी सल्यान निवासी ‘बिन्दु बिक बचाउ अभियान तथा पत्रकार भेटघाट कार्यक्रम’ सम्पन्न भएको छ ।  बरिष्ठ लोक गायिका बिमाकुमारी दुराको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा चचित लोक गायक भगवान भण्डारी बिशिष्ट अतिथीको रुपमा रहेका थिए ।

कार्यक्रममा भण्डारीले मृगौला पिडीत बिन्दु बिकको लागी उपचारार्थ खर्चका लागी रु ५ हजार आर्थिक सहयोग गरेका थिए भने आर्थिक सहयोग सङ्कलन बापत उठेको केही रकम पनि हस्तान्तरण गरिएको थियो । युरोप रहेका चर्चित लोक गायक जेबी ओलिले बिन्दु बिकलाई ७,१५१ रुपैया सहयोग गर्ने बाचा गरेका छन् ।

कार्यक्रममा उपस्थित कलाकारहरुले पनि मृगौला पिडित बिन्दु बिकलाई आर्थिक सहयोग गरेका थिए भने बरिष्ठ लोक गायिका बिमाकुमारी दुराले दशैँ भन्दा अघि नै कार्यक्रममा पाएको एक दिनको पारिश्रमिक हस्तान्तरण गर्ने घोषणा गरेकी छिन् । निज बिकलाई बचाउनका लागी देश तथा बिदेशबाट आर्थिक सहयोग गरिदिनका लागी भगवान भण्डारी र बिमाकुमारी दुराले अनुरोध गरेका छन् ।

कार्यक्रममा सभापतिको रुपमा वल्ड वाईड न्युज नेपालका अध्यक्ष तथा सञ्चालक प्रकाश बराईली ‘अभिब्यक्ती’ रहेका थिए ।सञ्चारकर्मी राजकुमार रायमाझीले सञ्चालन गरेको उक्त कार्यक्रममा गायक भरत परियार बिशेष सहयोगीका रुपमा रहेका थिए ।

बिन्दु बिकको हाल सुमेरु हस्पिटलमा उपचार भइरहेको छ । बिन्दु बिकको आर्थिक अवस्था निकै कमजोर भएकोले निजको उपचारको क्रम अगाडी बढाउन सकिएको छैन ।

बिन्दु बिकको दुई वटा छोरा रहेका छन् र उनको श्रीमानले दोस्रो बिहे गरेर भारतमा बस्दै आईरहेका छन् । हाल उनको श्रीमान् सम्पर्क बिहिन छन् । उनको बच्चा र उनलाई माईती पक्षले पालन पोषण गरेका छन् । उनलाई अर्थिक सहयोग गर्नका लागी माछापुच्छ्रे बैङ्क चाबहील शाखा, काठमाडौं, नाम बिन्दु बिक, खाता नं. ५६– २३–५२४–६९७८३८–०१७ मा सिधै पैसा पठाउन सकिने छ । मृगौला पिडित बिन्दु बिकलाई ९८४७८७२६०८, उनको बुवा नियम बिकलाई ९८६६१११४७८ मा सम्पर्क गर्न पनि सकिने छ ।

यसमा तपाइको मत

अन्य समाचार