नेपाल साँस्कृतिक कला मन्दिरद्वारा मच्छेगाउँमा लाखे नाच, सांस्कृतिक तथा सम्मान कार्यक्रम

काठमाडौं,
भाद्र २० ।

चन्द्रागिरी ९, मच्छेगाउँमा आज र भोली लाखे नाच, सांस्कृतिक तथा सम्मान कार्यक्रम हुँदै छ । यसकालागि सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्थाका रमेश शाहीले बताए । आज ११ बजे सताब्दी पुरुष सत्यमोहन जोशीले यो महोत्सवको उद्घाटन गर्दै हुनुहुन्छ ।

लामो सांस्कृतिक परम्परा भएको लाखे नाचको राष्ट्रिय प्रदर्शनी, सांस्कृतिक तथा सम्मान कार्यक्रम आज र भोलि भब्यताका साथ हुने भएको हो । नेपाल सांस्कृतिक कला मन्दिरले चन्द्रागिरी ९, मच्छेगाउँमा यो नाचको आयोजना गर्न लागेको हो ।

कला मन्दिरले वर्षेनी लाखे नाचलाई देशव्यापी बनाउने लक्ष्यका साथ कार्यक्रम गर्दै आएको आयोजक संस्थाका रमेश शाहीको भनाई छ ।

उनले ‘राष्टिय लाखे नाच प्रदर्शनी, सांस्कृतिक तथा सम्मान कार्यक्रम २०७६’ गरी यो परम्परालाई जीवन्त बनाउँदै आएको बताए । उनले भने, ‘नेवार समुदायको मात्र नभएर देशकै मौलिक पर्वको रूपमा मनाउँदै आइरहेको यस लाखे नाच प्रदर्शनीमा देशका विभिन्न जिल्लाबाट सहभागी भाग लिन आउँछन् ।’ उनले नेपालको मौलिक संस्कृतिलाई बचाउन निरन्तररूपमा आफूहरूले काम गर्दै आएको जिकिर गरे ।

यसमा तपाइको मत

अन्य समाचार