राति ११ बजेदेखि बिहान साढे ६ बजेसम्म दैनिक ७ घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने

काठमाडौं,
भाद्र १५ ।

आज (आइतबार) रातिदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक ७ घण्टा बन्द हुने भएको छ । देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग स्तरोन्नति गर्नुपर्ने भएकाले अब प्रत्येक दिन राति ११ बजेदेखि बिहान साढे ६ बजेसम्म दैनिक ७ घण्टा विमानस्थल बन्द हुने विमानस्थल स्रोतले जनाएको छ।

धावनमार्गको मध्य रेखामा बत्ती राख्ने तथा ट्याक्सी-वे, एप्रोन र धावनमार्ग जोड्ने लिंक रोड, धावनमार्गसँग जोडिएका ढल मर्मत गर्ने काम आगामी पुस १५ गतेसम्म चल्ने छ ।

यसअघि चैत ११ देखि असार १६ गतेसम्म दैनिक १० घण्टा आंशिक उडान बन्द गर्दै पहिलो चरणको धावनमार्ग रिह्याबिलिटेसन ९जीर्णोद्वार० को काम गरिएको थियो ।

अहिले विमानस्थलमा आन्तरिक र बाह्य गरी दैनिक ४ सय उडान तथा अवतरण हुँदै आएका छन् ।

 

यसमा तपाइको मत

अन्य समाचार