रवि लामिछाने र युवराज कडेँलेको बयान आज

चितवन,
भाद्र ९ ।

पत्रकार सालिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने र युवराज कडेँलेको बयान आज हुने भएको छ । सोहि प्रकरणमा मुछिएकी नर्स रुकु भनिने अस्मिता कार्कीको बयान आइतबार नै सकिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय चितवनले टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीनै जनाविरुद्ध आत्महत्या दुरुत्साहन कसुरमा मुद्दा दर्ता गरेर बयान लिन सुरु गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले पत्रकार पुडासैनी आत्महत्या प्रकरणमा रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की तीनै जनालाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा साउन ३० गते पक्राउ गरेको थियो ।

उनीहरुलाई प्रहरीले पक्राउ गरेपछि चितवन जिल्ला अदालतले सुरुमा हिरासतमा राखेर अनुसन्धान गर्न पाँच दिनको समय दिएकोमा पुनः पाँच दिनको म्याद थपिएको थियो । अदालतले अनुसन्धानका लागि प्रहरीलाई दिएको जम्मा १० दिनको म्यान आइतबार सकिएको हो ।

यसैबीच रवि लामिछानेका समर्थकहरुले तक्काल रिहाईको माग गर्दै चितवनमा प्रदर्शन गर्दै आएका छन् । प्रदर्शन उग्र बन्दै गएपछि आइतबार साँझ जिल्ला प्रशासन कार्यालय चितवनले केही स्थानमा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा जारी गरिएको क्षेत्रमा आज बिहानैदेखि व्यापक मात्रामा प्रहरी परिचालन गरी माईकिङ गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार