संविधानले वृहत्तर राष्ट्रिय आकांक्षालाई सम्बोधन गरेको छ – प्रधानमन्त्री

काठमाडौं,
भाद्र ४ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले वृहत्तर राष्ट्रिय आकांक्षालाई सम्बोधन गरेको बताएका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिको बुधबार गृहमन्त्रालयमा बसेको बैठकमा उनले संविधानले वृहत्तर राष्ट्रिय हित, राष्ट्रिय आकांक्षा र राष्ट्रिय आवश्यकतालाई सम्बोधन गरेको बताएका हुन् ।

विभिन्न किसिमका स्वार्थहरुको टकरावका कारण सबैको चाहना पूरा हुन नसकेको उल्लेख गर्दै उनले जिद्दि र अडानलाई छोडेर तर्कहरुलाई संविधानले सम्मान गरेको दाबी गरे । उनले भने, ‘संविधानले वृहत्तर राष्ट्रिय हित, राष्ट्रिय आकांक्षा र राष्ट्रिय आवश्यकतालाई सम्बोधन गरेको छ। जिद्दिहरुलाई होइन तर्कलाई संविधानले सम्मान गरेको छ । यो संविधान विगतका संघर्षहरुको गौरवको, इतिहासको, बलिदानको, उपलब्धिको संग्रह हो ।’

यसमा तपाइको मत

अन्य समाचार