भरतपुरको चौबीसकोठीमा रहेको राष्ट्रिय वाणिज्य बैङ्कमा आगलागी

भरतपुर,
भाद्र २ ।

भरतपुरको चौबीसकोठीमा रहेको राष्ट्रिय वाणिज्य बैङ्कमा आगलागी भएको छ । बैङ्कमा जडान गरिएको विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ ।

बिहान ७ः३० बजे लागेको आगो भरतपुर महानगरपालिकाको दुई वटा वारुणयन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले एक घण्टा लगाएर नियन्त्रणमा लिएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार आगलागीबाट दुई वटा कोठा जलेका छन् । आगलागीबाट सीसी क्यामेरा, फर्निचर, कागजात जलेका छन् । पैसा राख्ने सेफ भने सुरक्षित रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार