‘रिजन अफ रिया’ निर्माण हुने

काठमाडौं,
साउन ३० ।

चलचित्र ‘रिजन अफ रिया’ निर्माण हुने भएको छ । बिहिबार बिहान काठमाडौंको भद्रकालीमा जनै पूर्णिमाको शुभ साईतमा मुहूर्तसँगै बिहिबारबाटै यो चलचित्रको छायाँकन सुरु गरिएको हो ।

चलचित्रमा नवीन अधिकारी, करण सिंह बोहरा, कशिस दाहाल, कृष्ण बिसी, विकाश थापामगर, पदम राई, भगवान खत्री, अभिना लामा, पवन खतिवडा, ममता पौडेल, तेजा ऐर, लक्ष्मण चौलागाई र नयाँ प्रस्तुतिमा मेनुका माझी रहेका छन् ।

धनेश्वर फिल्मस् प्रा.लि.को प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्र रिजन अफ रियालाई मिलन आले मगरले निर्देशन गर्दैछन् । काठमाडौंबाट यो चलचित्रको छायाँकन सुरु भएको छ । काठमाडौं पछि मुस्ताङका विभिन्न सुन्दर स्थानमा छायाँकन गरिने निर्देशक मिलनले जानकारी गराए ।

यो चलचित्रको निर्मातामा उमेश गिरी, समीर श्रेष्ठ, सह निर्मातामा कुमारजंग कार्की रहेका छन् । यस्तै यसमा देब महर्जनको द्वन्द्व निर्देशन, यम आलेको छायाँकन, करणसिंह बोहराको कथा, विकाश चौधरीको सङ्गीत रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार