सिनेमाघरमा ‘हजार जुनीसम्म’

काठमाडौं,
साउन ३० ।

आजदेखि देशभरका सिनेमाघरमा चलचित्र ‘हजार जुनीसम्म’ प्रदर्शनमा आएको छ । जनै–पूर्णिमाको अवसर पारी बिहीबारबाट देशभरका सिनेमाघरमा विकासराज आचार्यको निर्देशनमा बनेको चलचित्र ‘हजार जुनीसम्म’ प्रदर्शनमा आएको हो ।

चलचित्रमा मल्टिस्टार कलाकारहरुको अभिनय छ । आर्यन सिग्देल, प्रियंका कार्की, संचिता लुइँटेल, स्वस्तिमा खड्का, सलोन बस्नेत, शिवहरी पौडयाल्, उत्तम केसी, अनुभव रेग्मीलगायतको चलचित्रमा प्रमुख भूमिका छ । अखिलेष प्रधानले ‘हजार जुनीसम्म’मार्फत नेपाली चलचित्रमा डेब्यू गरेका छन् ।

गीत सङ्गीत र ट्रेलरबाट राम्रो हाइप तयार पारेको चलचित्रलाई दर्शकले माया गर्ने निर्माण टीमको अपेक्षा छ । विशाल चाम्लिङ निर्माता रहेको चलचित्रको कार्यकारी निर्माता कविता रेग्मी हुन् । विशाल चाम्लिङको कथा रहेको चलचित्रको पटकथा विकासराज र सामिप्यराज तिमिल्सिनाले तयार पारेका हुन् ।

यसमा तपाइको मत

अन्य समाचार