सिक्किम प्रजातान्त्रिक मोर्चाका १० विधायक भारतीय जनता पार्टीमा

काठमाडौं,
साउन २९ ।

सिक्किम प्रजातान्त्रिक मोर्चा (एसडीएफ) का १० जना विधायक प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा) मा प्रवेश गरेका छन । मंगलबार सिक्किमको सिक्किम प्रजातान्त्रिक मोर्चा दलका दश विधायक नयाँ दिल्लीस्थित भाजपाको मुख्यालयमै पुगेर भाजपा प्रवेश गरेका हुन । भारतीय जनता पार्टीका कार्यकारी अध्यक्ष जेपी नड्डा र महासचिव राममाधवले बिधायकहरुलाई पार्टीमा स्वागत गरेका थिए ।

विधायकहरुमा उगेन टी ग्याछो, डीटी लेप्चा, एनके सुब्बा, फरवन्ती तामाङ, राजकुमारी थापा, डीआर थापा, केबी राई, केएस लेप्चा, टीटी भोटिया, पिञ्जो नाग्याल लेप्चाले एसडीएफ छाडेर भाजपा प्रवेश गरेका हुन ।

सिक्किम डेमेक्र्याटिक फण्टले यस पटकको निर्वाचनमा प्रेमसिंह तामाङ (गोले) को पार्टी सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम)सँग पराजयको सामना गर्नुपरेको थियो ।

विधानसभामा १५ सिट जितेको एसडीएफका दुई विधायक जीटी ढुङ्गेल र यमप्रसाद शर्माले पनि विद्रोह गरिसकेका छन । यी दुवै विधायक अहिले पीएस गोले नेतृत्व सिक्किमको सत्तारूढ दल सिक्किम क्रान्तिकारी मोर्चासँग नजिकिएका छन् ।

एसडीएफले गत विधानसभामा १५ सीट जितेको थियो र दुई सीटको कमिले गर्दा सो पार्टीले सरकार बनाउन सकेको थिएन । यो घटनाक्रमपछि केवल अध्यक्ष तथा पूर्व मुख्यमन्त्री पवन चामलिङ मात्र एसडीएफमा रहेका छन् ।

महासचिव राममाधवले पत्रकारहरूलाई सम्बोधन गर्दै भने, उत्तर पूर्वी राज्यहरू धेरै जसो भाजपाले शासन गरिरहेका छन्, सिक्किममा मात्र भाजपा छैन, तर अब सकारात्मक विपक्षीको रुपमा भाजपाले भूमिका खेल्नेछन् । पत्रकार सम्मेलनमा सामेल भएका विधायक तथा पूर्व मन्त्री श्री डी.टी. लेप्चाले भने, हामी भाजपा सरकारको लुक इस्ट नीतिसित प्रभावित भएर भाजपामा सामेल भएका हौं ।’

भारतमा कुनै पार्टीका दुई तिहाइ विधायक अर्को पार्टीमा प्रवेश गरेपछि दलबदल कानून लागू नहुने व्यवस्था छ ।

यसमा तपाइको मत

अन्य समाचार