काठमाडौं,
साउन २८ ।
गायक नारायण थापाको गीत ‘दिलमा आगो’ सार्वजनिक भएको छ । सार्वजनिक गीतको भिडियोमा त्रिकोणात्मक प्रेम दर्शाइएको छ । गीतको भिडियोमा लोक मिश्र, सुस्मिता अधिकारी र अनुज शर्माको अभिनय रहेको छ ।
भिडियोको निर्देशन सुवास प्रधानले गरेका हुन् भने छाँयाकन प्रेम लामा तथा सम्पादन टेकेन्द्र शाहले गरेका हुन् ।
https://www.youtube.com/watch?v=GzNaTF8ydzY
नारायण थापाद्वारा सङ्गीत/स्वरबद्ध ‘दिलमा आगो’ बोलको गीतमा बीबी थापाको शब्द, सहास शाक्यको एरेन्ज र महेश्वरमान राजभण्डारीको मिक्सिङ/मास्टरीङ रहेको छ ।






